बुटवलको सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो, रविसहित ४२ जना प्रतिवादी

 पुष २६, २०८१ शुक्रबार १७:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, छविलाल जोशीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै तयार पारेकाे प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । उनीहरू सबैलाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । प्रहरीको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले अध्ययन गर्न शुरू गरेको छ ।

लामिछाने जिल्ला अदालत कास्कीबाट हिजोमात्रै ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी कास्कीबाट धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

कास्की प्रहरीको हिरासतमै रहेका बेला गएको कात्तिक १९ गते जिल्ला अदालत रुपन्देहीबाट पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया