प्रदेश २ को श्रम कार्यालय व्यवस्थित ठाउँमा सार्न मन्त्रीको निर्देशन, आवश्यक जनशक्ति र स्रोत साधन उपलब्ध गराउने

 जेठ ५, २०७६ आइतबार १७:२३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले धनुषाको जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालय व्यवस्थित ठाउँमा सार्न निर्देशन दिनुभएको छ । 

कार्यालयको निरीक्षणमा पुगेका मन्त्री विष्टले कर्मचारी र सेवाग्राहीसँग कुरा गरेपछि कार्यालय व्यवस्थित ठाउँमा सार्न निर्देशन दिनुभएको हो ।

कार्यालयमा कर्मचारी र स्रोत साधनको कमी हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेका खबर आइरहेका बेला मन्त्री विष्टले आवश्यक जनशक्ति र स्रोत साधन उपलब्ध गराउने भन्दै सेवाग्राहीलाई सेवा लिन समस्या नहुने गरी व्यवस्था गर्न निर्देशन दिनुभयो । 

तपाईको प्रतिक्रिया