नेपालमा पहिलो पटक हुन लागेको भलिबल लिगको लोगो र नारा सार्व...
पुस १०, २०८१ बुधबार
काठमाण्डाै – भक्तपुरमा हिजो राति मृत भेटिएका बाबु र भाइको हत्या आफूले गरेको भन्दै जेठा छोरा मिलन आचार्यले आत्मसमर्पण गरेका छन् ।
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र कान्छा छोरा प्रवीण हिजो बालकोटमा भाडाको कोठामै मृत भेटिएका थिए । उनीहरूको हत्या आफूले नै गरेको भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले आज महाराजगञ्ज प्रहरी वृत्तमा आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ ।
हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट ६ दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरकाे बालकोटमा रहेको भाडाको घरमा पुग्नुभएको थियो ।
हिजो बिहानै बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबु–छोरा हत्या गरिएको अवस्थामा मृत फेला परेका थिए । सँगै सुतेका जेठा छोरा मिलन भने हिजो राति नै फरार भएकाले उनैले हत्या गरेको प्रहरीले शङ्का गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।