म्याग्दीमा टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोलि बेलुकादेखि बदली र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका केही भागमा सामान्य बदली र हिमपातको सम्भावना रहे पनि देशभर सामान्यतया सफा रहने छ ।
भोलि बेलुका पश्चिम नेपालबाट बदली शुरू हुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
भोलि बेलुका भित्रने प्रणालीले देशैभर बदली हुने र सुदूरपश्चिम, कर्णाली प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको उहाँले बताउनुभयो ।
यस्तै त्रिभुवन विश्वबिद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोख्रेलले पर्सि शनिवार काठमाण्डौ उपत्यकामा पनि सामान्य वर्षाको सम्भावना रहेको बताउनुभयो ।
पुसे झरी हुने भएकाले चिसो बढ्दै जाने मौसमविद् मानन्धरले भनाइ छ । पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर बिहान र राति बढी चिसो हुने उहाँले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।