तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – जेठ ३ गतेसम्ममा सबै प्रक्रिया पूरा गरेर मलेसिया जान नपाएका कामदारको हकमा थप निर्णय गर्ने सक्ने श्रम मन्त्री गोकर्ण बिष्टले बताउनुभएको छ ।
आइतबार वैदेशिक रोजगार व्यवसायीसँग भएको छलफलमा मन्त्री बिष्टले जेठ ३ गतेभन्दा अगाडि नै सबै प्रक्रिया पूरा गरिसकेका कामदारको विवरण माग्दै उनीहरुको हकमा भने अन्तिम श्रम स्वीकृति खुलाउन सकिने बताउनुभएको हो ।
म्यानपावर व्यवसायीले सिडिकेट खारेज गरे पनि सबै प्रक्रिया पूरा गरेर मलेसिया जान नपाएका कामदारको अन्तिम श्रम स्वीकृत खुलाउन आग्रह गरेका थिए ।
मन्त्री बिष्टले खारेज गरेका संस्थाको सम्बन्धमा हो भने सरकारपछि नहट्ने र अरु संस्थाबाट जान नपाएका कामदार भएमा छलफल गरेर थप निर्णय गर्ने बताउनुभएको छ ।
साथै, मन्त्री बिष्टले म्यानपावर व्यवसायीलाई नयाँ कामदारको काम भने नल्याउन निर्देशन दिनुभएको छ । मलेसियामा अहिले भएको समस्या समाधान भइरहेको र समाधान गर्न केही समय लाग्ने भएकाले नयाँ माग पत्र नल्याउन उहाँले निर्देशन दिनुभएको हाे ।
।
Jagadish dhami
July 8, 2018, 4:50 p.m.अनि हामी मेद्कल गरे को ले के गरे के हाम्रो पैस फिर्ता गरि ने हो त