पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

 वैशाख ८, २०८२ सोमबार १४:२८:५३ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । कार्डिनल केभिन फेरेलले पोपको निधन भएको घोषणा गर्नुभएकाे बीबीसीले जनाएको छ । उहाँ विगत केही महिनादेखि 'बाइल्याटरल निमोनिया' लगायतका स्वास्थ्य समस्याहरूबाट पीडित हुनुहुन्थ्याे ।

८८ वर्षीय पोप फ्रान्सिसको रोमको स्थानीय समयानुसार भ्याटिकन सिटीमा बिहान ७ बजेर ३५ मिनेटमा निधन भएको फेरेलले आफ्नो घोषणामा भन्नुभएकाे छ । उहाँको पूरा जीवन लर्ड र चर्चको सेवामा समर्पित थियो । पोप फ्रान्सिसले सधैँ साहस, प्रेम र सीमान्तकृतहरूको पक्षमा उभिन प्रेरित गर्नुभएको कार्डिनल केभिन फेरेलको घोषणामा उल्लेख छ ।

पोप फ्रान्सिस क्याथोलिक चर्चहरूमा सुधारका लागि पनि परिचित हुनुहुन्थ्यो । यसको बाबजुद उहाँ परम्परावादीहरूमाझ पनि लोकप्रिय हुनुहुन्थ्यो । फ्रान्सिस ल्याटिन अमेरिकाका पहिलो पोप हुनुहुन्छ । उहाँ सन् २०१३ मा पोप बेनेडिक्टको उत्तराधिकारीका रूपमा पोप बन्नुभएको थियो ।

अहिले विश्व नेताहरूले पाेप फ्रान्सिसलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पोप फ्रान्सिसलाई विनम्र व्यक्ति भन्दै क्याथोलिक र गैरक्याथोलिक दुवैका लागि आदर्श भनेर वर्णन गर्नुभएको छ । नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कूफले पोप फ्रान्सिस हरेक हिसाबले नागरिकका मानिस भएको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया