माेरङकाे मालती पुल नजिक भेटिएकाे सिलिन्डर बम सेनाले डिस्पाे...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – साउदीमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १३ सय ६४ पुगेको छ भने ७ जनाको ज्यान गएको छ ।
साउदी सरकारले दिएको जानकारी अनुसार मार्च २ देखि बिहीबारसम्ममा १३ सय ६४ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । जेद्दा क्षेत्रमा ३ जना र रियादमा रहेको नेपाली दूतावासले हेर्ने क्षेत्रमा चार जना नेपालीको कोरोनाको कारण ज्यान गएको दूतावासले जनाएको छ ।
साउदीको राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना र अन्य क्षेत्रमा ३ गरी रियादमा रहेको राजदूतावाले हेर्ने क्षेत्रमा १ हजार १६ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ ।
यस्तै जेद्दा क्षेत्रमा १७६, मक्कामा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरी ३४८ जना नेपाली सङ्क्रमित छन् । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन् ।
अघिल्लो हप्ताको मंगलबार अर्थात बैशाख ३० गतेसम्म ६७४ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । गएको ९ दिनमा मात्रै थप ६९० जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
साउदीले सङ्क्रमितमध्ये निको हुनेको सङ्ख्या नखुलाए पनि धेरै नेपाली निको भएको साउदीले दूतावासलाई जानकारी दिएको छ ।
यस्तै मे २३ देखि २७, सम्मका लागि साउदीले कार्फ्यु जारी गरेकाले यसको पालना गर्न दूतावासले अनुरोध पनि गरेको छ ।