लेखा समितिका सभापति पोखरेलका पूर्वस्वकीय सचिव पक्राउ

 पुष २५, २०८१ बिहीबार १५:१२:२९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव एवम् मोरङका एमाले नेता अनिलकुमार पोखरेल पक्राउ परेका छन् ।

पोखरेललाई बिहान विराटनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पोखरेलविरुद्ध मोरङ जिल्ला अदालतले गएको सोमवार पक्राउ पुर्जी जारी गरेको थियो ।

पोखरेलले एमबीबीएस पढाउन नाम निकालिदिने भन्दै झन्डै ३० लाख ८० हजार रुपैयाँ असूल गरेको आरोप छ । पैसा लिएको घटना सार्वजनिक भएपछि सभापति पोखरेलले स्वकीय सचिवबाट हटाउनुभएको थियो ।

अनिलकुमारले आफ्नो पहुँच भएको भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबीबीएस डाक्टर पढाइदिने आश्वासन दिएको आरोप छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया