यूएईको सारजहा विमानस्थलमा पुगे १४६ नेपाली, कोरोना जाँच नहुँदा उडान अनिश्चित

 जेठ २३, २०७७ शुक्रबार ११:१४:३२ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – यूएईबाट स्वदेश फर्कन लागेका नेपालीले विमानस्थल पुगेर बोर्डिङपास लिएका छन् । इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना अहिले यूएईको सारजहा विमानस्थलमा पुगेका छन् ।

उनीहरुलाई एयर अरबियाको उडान नम्बर जी ९१७५१ मार्फत नेपाल फर्कनका लागि यूएईको स्थानीय समय अनुसार बिहन १० बजेर ५५ मिनेको बोर्डिङपास दिइएको छ । तर अहिले विमानस्थल पुगेका नेपालीको कोरोना जाँच भएको छैन । जाँच हुने नहुने भनेर अहिलेसम्म पनि निश्चित नहुँदा उनीहरुको उडान हुन्छ कि हुँदैन भन्ने टुंगो लागेको छैन ।

सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुुपर्ने मापदण्ड बनाएको छ । तर यूएईले आफ्नै खर्चमा एकसय ६८ सिट क्षमताको जहाजमार्फत पठाउने भनिएको उडान भने हुन सकेन । अहिले विमानस्थलमा पुगेका नेपालीहरु भने साथमा पैसा, पासपोर्ट र टिकट हुनेहरु हुन् ।

उनीहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्‍यो या आफैं टिकट काटे भन्नेबारे खुलेको छैन । साथमा पैसा र टिकट काट्न सक्नेहरु विमानस्थल पुगे पनि अन्यको हकमा भने अन्यौल भएको छ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • पेमा शेर्पा

    June 5, 2020, 12:39 p.m.

    UAE मा विभिन्न clinic मा चेकजाँच निसुल्का हुँदा पनि चेकजाँच नगर्नु यो ब्याक्तीगात समस्य हो

तपाईको प्रतिक्रिया