दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना
चैत २५, २०८१ सोमबार
काठमाण्डाै – अफगानिस्तानको १९ वर्षमुनिको टोलीले दोस्रो युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीलाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो । अफगानिस्तानका कप्तान महबूब खानले ५८ रन बनाए । नेपालका सन्तोष यादवले ३ तथा सिबरिन श्रेष्ठ र विपिन शर्माले २/२ विकेट लिए ।
तीन खेलको शृङ्खलामा अफगानिस्तान १–० ले अघि छ । पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १ सय ३० रनले पराजित भएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो बुधवार हुनेछ ।
यही महिना नेपालमै हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग शृङ्खला खेलिरहेको हो । १९ वर्षमुनिको विश्वकप छनोट पनि मूलपानीमै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमानले खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।