शिक्षक महासङ्घद्वारा भोलिदेखि आम शैक्षिक हड्तालको घोषणा

 चैत २४, २०८१ आइतबार ११:३२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरुले आम शैक्षिक हड्तालको घोषणा गरेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भोलि सोमवारदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति निकालेर देशभरका सबै विद्यालय बन्द गरी आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गर्नुभएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासङ्घको नेतृत्वमा शिक्षकहरुले आन्दोलन गर्दै आएका छन् ।

गएको चैत २० गतेदेखि काठमाण्डौमा निरन्तर प्रदर्शन गरिरहेका छन् । महासङ्घले आन्दोलनको अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायतका कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ । उनीहरुको आन्दोलनका कारण विद्यालयमा भर्ना अभियान प्रभावित भएको छ ।

त्यस्तै एसईईको यसै हप्तादेखि उत्तरपुस्तिका परीक्षण शुरु गर्ने तयारी रहेकोमा ढिलाई हुने देखिएको छ । यसले असार पहिलो हप्ता सार्वजनिक गर्ने भनिएको नतिजामा पनि ढिलासुस्ती हुन सक्ने देखिन्छ ।

तस्बिर : दामोदर रेग्मीको फेसबुक पेजबाट 

अन्तिम अपडेट: चैत २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया