अब बिदामा आएकालाई ओमान जान एनओसी नचाहिने

 असोज १८, २०७७ आइतबार १५:२४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अब ओमान जानको लागि नो अब्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने भएको छ ।

ओमानले यसअघि बिदामा नेपालमा रहेका श्रमिकलाई ओमान प्रवेशका लागि एनओसी अनिवार्य गरे पनि अब भने नचाहिने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

ओमान सरकारको पछिल्लो निर्णय अनुसार अब एनओसी लिनु नपर्ने व्यवस्था गरिएको दूतावासले जनाएको हाे । बिदामा आएकाहरु अब ६ महिनाभन्दा बढी अबधि भए पनि एनओसी बिनै जान पाउनेछन् । तर स्वास्थ्य मापदण्ड भने पालना गर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया