आवासीय भिसा वा प्रवेश भिसाको अवधि बाँकी रहेकालाई कुवेत प्रवेशमा अनुमति

 मंसिर २६, २०७७ शुक्रबार १६:४६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेत सरकारले त्यहाँको स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीलाई कुवेत प्रवेश गर्न अनुमति दिएको छ ।

आवासीय भिसा वा प्रवेश भिसाको अवधि बाँकी रहेका, कुवेतको स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीलाई प्रत्यक्ष वा ट्रान्जिट हुँदै कुवेत प्रवेशमा अनुमति दिएको हो । यस्ता यात्रुहरुले आवासीय भिसा वा प्रवेश भिसा अवधि बाँकी रहेका आफ्ना श्रीमान् श्रीमती र छोराछोरीसँग भेटघाट गर्न सक्नेछन् ।

यस्तै यी कर्मचारीका परिवारका सदस्यले पनि प्रत्यक्ष वा ट्रान्जिट हुँदै कुवेत प्रवेश गर्न सक्ने कुवेतको नागरिक उड्यन मन्त्रालयले जनाएको छ । यस्तै बन्दरगाह तथा विमानस्थलमा कुवेत मोबाइल आईडी प्रयोग भएको एप्लिकेशन प्रयोग सम्बन्धी नियम पालना गर्न पनि कुवेत सरकारले आग्रह गरेको छ ।

कुवेत प्रवेश गर्न चाहनेले कुवेतको स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना गरेको हुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया