अब साउदीमा कार्यरत आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति बिना काम परिवर्तन गर्न र स्वदेश फर्कन सक्ने

 चैत १, २०७७ आइतबार १२:५४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा कार्यरत आप्रवासी श्रमिकले अब रोजगारदाताको अनुमति बिनै काम फेर्न र आफ्नो देश फर्कन पाउने भएका छन् । 

साउदीको अनलाइन समाचार पोर्टल अरब न्युजका अनुसार साउदी सरकारले आफ्नो कफला सिस्टमलाई परिमार्जन गर्दै साउदीमा कार्यरत श्रमिकले आइतबारदेखि काम परिवर्तन गर्न र आफ्नो देश फर्कन रोजगारदाताको अनुमति लिन नपर्ने व्यवस्था गरेको हो । साउदी सरकारले केही समय अघि नै गरेको यो घोषणा आज आइतबारदेखि लागू भएको हो । 

कफला प्रणाली अन्तर्गत साउदीमा कार्यरत श्रमिकले काम परिवर्तन गर्न र स्वदेश फर्कनका लागि आफू आबद्ध रोजगारदाताको पूर्व स्वीकृति दिनुपथ्र्यो । रोजगारदाताले अनुमति नदिएसम्म स्वदेश फर्कनसमेत पाइदैन थियो । तर अब साउदी सरकारले ल्याएको यो नयाँ नियमले त्यहाँ कार्यरत लाखौँ नेपालीसहित विदेशी श्रमिकलाई फाइदा पुग्नेछ ।

स्पन्सरको अनुमति बिना स्वदेशसमेत फर्कन नपाउने साउदी सरकारको नियमले धेरै विदेशी श्रमिकको मानवअधिकारको समेत हनन भएको भन्दै विरोध भएको थियो ।

साउदीले विदेशी नागरिकले पनि अब सिधैं सरकारी कामका लागि आवेदन दिन सक्ने भनेको छ ।

यसअघि कतारले पनि यही नियम लागू गरिसकेको छ ।

तपाईको प्रतिक्रिया