थाइल्याण्ड र म्यानमार जाने नेपाली नागरिकको लागि ट्राभल एडभाईज...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासका कर्मचारीमा कोरोना देखिएपछि भौतिक रूपमा सेवा बन्द भएको छ ।
पहिले पनि कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र पुनः थप कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने सम्पूर्ण सेवाहरू बन्द गरिएको दूतावासले जनाएको छ ।
अत्यावश्यक काम परेमा भने फोनमार्फत दूतावासमा सम्पर्क गर्न सकिन्छ । तर अर्को सूचना जारी नभएसम्म दूतावासले भौतिक रूपमा भने सेवा नदिने भएको छ ।
दूतावासमा ०११४्र६१११०८ नम्बरमा बिहान ९ बजेदेखि ४ बजेसम्म सम्पर्क गर्न सकिन्छ । योसँगै दूतावासको हटलाइन नम्बर ०५५९३८९६०० वा इमेल ठेगाना [email protected] मार्फत पनि आफ्नो समस्या राख्न सकिने दूतावासले जनाएको छ ।