एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रले पाए कार

 पुष ६, २०८१ शनिबार १७:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रिमियर लिग(एनपिएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् ।

एनपीएलमा उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्‍याएका दीपेन्द्र प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् । उनले ओमोडाको कार जितेका छन् ।

दीपेन्द्रले आफ्नो व्यक्तिगतसँगै टिमको प्रदर्शनलाई पनि सुखद् कायम राखे । उनले नौ खेलमा १२ छक्का र १५ चौकासहित दुई सय २७ रन बनाएका छन् । दीपेन्द्रले नौ खेलमा नौ विकेट पनि लिएका छन् । उनले एक सय ६० कोे स्ट्राइक रेटसहित औसत ३७ रनमा ब्याटिङ गरेका छन् । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया