पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
बैशाख ८, २०८२ सोमबार
युएई – युएईमा नेपाली व्यवसायीको संख्या बढेको छ । अहिले युएईमा साना तथा ठूला व्यवसाय गर्नेको संख्या झण्डै एक हजार भएको नेपाली दूतावासलाई उद्धृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ ।
‘पछिल्लो समय साना तथा ठूला नेपाली व्यवसायीको संख्या बढिरहेको छ, त्यो खुसीको कुरा हो र अरुका लागि पनि प्रेरणाको कुरा हो,’ युएईका लागि कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलको भनाइलाई उधृत गर्दै गल्फ न्युजले लेखेको छ, ‘धेरै जसो नेपालीले रेस्टुरेन्ट, नेपाली किचेन, लगायतका अरु व्यवसाय पनि सञ्चालन गरिरहेका छन् ।’
युएईमा नेपाली कामदारको संख्या पनि ८० प्रतिशतले वृद्धि भएको छ । नेपाली दूतावास युएईको पछिल्लो तथ्याङ्क अनुसार युएईमा झण्डै दुई लाख ५० हजार नेपाली युएईमा छन् ।
सन् २००८ मा यो संख्या एक लाख २५ हजार मात्रै थियो । एक लाख नेपाली दुवईमा, ५० हजार आबुधावीमा र बाँकी युएईका अरु राज्यहरुमा बस्ने गरेको दूतावासले जनाएको छ । धेरैजसो नेपाली निमार्णको क्षेत्र, होटल, कृषि र सुरक्षा गार्डको काममा रहेका छन् ।