इजरायल जान इच्छुकमध्ये १६ सय जनाको नाम सिफारिस (सूचीसहित)

 असोज १०, २०७८ आइतबार १०:४१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रोजगारीका लागि इजरायल जान इच्छुकमध्ये १६ सय जनाको नाम सिफारिस भएको छ ।

वैदेशिक रोजगार विभागले बिहान इजरायलमा केयरगिभरका लागि जान चाहानेमध्येबाट १६ सय जनाको नाम सिफारिस गरेको हो । विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम सिफारिस गरेको हो ।

अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । इजरायलले एक हजार कामदारलाई रोजगारीका लागि छनोट गर्नेछ । रोजगारीका लागि एक हजार जनाको कोटा भए पनि ७ हजारले परीक्षा दिएका थिए ।

1 Comments

  • राम कुमार थापा

    Sept. 26, 2021, 10:48 a.m.

    इजराइल जान चाहान्छु के गर्नु पर्छ ?

तपाईको प्रतिक्रिया