विदेशबाटै पासपोर्ट नवीकरण गर्दै हुनुहुन्छ ? चाहिन्छ यी कागजात

 असोज १४, २०७८ बिहिबार १४:४०:५४ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ र पासपोर्टको म्याद सकिएको छ ? अहिले त विदेशमा रहेको नेपाली दूतावासबाटै आफ्नो पासपोर्ट नवीकरण गर्न सकिन्छ ।

आवश्यक प्रक्रिया पूरा गरेर पासपोर्ट नवीकरणका लागि दूतावासमा निवेदन दिन पर्छ । पासपोर्ट बनेर नेपालबाट गएपछि दूतावासबाटै लिन सकिन्छ । 

पासपोर्ट नवीकरणका लागि दूतावास जानुअघि नै अनलाइनमार्फत आफ्नो विवरण भरी प्राप्त हुने बारकोडसहितको फारमको प्रिन्ट लिएर जाँदा हुन्छ । अति आवश्यक अवस्थामा दूतावासले पनि यस्तो फारम भर्न सघाउँछ । तर आफैँले दूतावास जानुअघि नै फारम भरेर गएमा काम सजिलो र छिटो हुन्छ ।

नागरिकताको प्रतिलिपिको एक प्रति पनि साथमा लैजानुपर्छ । 

सक्कल पासपोर्ट र पासपोर्टको प्रतिलिपि फोटो भएको पेजसहितको चाहिन्छ ।

यदि तपाईँ कतारमा हुनुहुन्छ र कतारमा तपाईँको पासपोर्ट हराएको छ भने कतार प्रहरीबाट जारी प्रहरी रिपोर्टको सक्कल र प्रतिलिपि चाहिन्छ । हिजो आज पासपोर्ट नवीकरण गर्दा अनलाइन लाइभ इन्रोलमेन्ट हुने हुँदा दूतावासमा नै फोटो खिच्न पाइन्छ । साथमा फोटो ल्याइरहन पर्दैन ।

नवीकरण शुल्क पनि तिर्न पर्छ ।

तपाईको प्रतिक्रिया