वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा बिजुली कटौती हुन थालेपछि ...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने भएका छन् । उनीहरु आज राति ११ बजे इजरायलका लागि उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।
आज ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायल जान लागेका विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भूसालले जानकारी दिनुभयो । इजरायल जाने कामदारका लागि यो पहिलो उडान हुनेछ । त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिक अर्थात् माघ १५ र १६ गतेका दिन दुई उडान हुने पनि उहाँले जानकारी दिनुभयो ।
दोस्रो चरणमा एक सय ६२ जना इजरायलका लागि उड्नेछन् । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो । श्रम सम्झौतापछि विभागले विज्ञापन सुरु गरेको २५ औँ हप्तामा नेपाली कामदारलाई इजरायल पठाउने टुङ्गो लागेको हो । इजरायलको रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा अहिलेसम्म नौ सय ९४ जना कामदारसँग सम्झौता भइसकेको छ ।
विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम नाम छनोट गरेको थियो । त्यसमा इजरायलले ११ सय ७५ जना छनोट गरेको थियो ।
Gham maya tamang
Jan. 22, 2022, 5:41 p.m.Please, sir, I have also taken some years of training for the Israelites. Please tell me what you need. Thank you.