रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा युराेपेली देश माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले झापा अर्जुनधारा ३ का ३८ वर्षीय युवराज लिम्बूलाई पक्राउ गरेको हो ।
माल्टामा महिनाको एक लाख रुपैयाँ भन्दा बढी कमाइ हुन्छ र त्यहाँ जान १२ लाख रुपैयाँ लाग्छ भन्दै पीडितबाट ६ लाख ३० हजार रुपैयाँ लिएर लिम्बू सम्पर्कविहीन भएका थिए । उनलाई हिजो काठमाण्डौको कालोपुलबाट पक्राउ गरेर थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीको लागि युरोपेली देश पठाउने भन्दै ठग्ने क्रम बढेको छ । वैदेशिक रोजगार विभागमा यसरी ठगिएर उजुरी दिन आउनेहरुको संख्या पनि दिनप्रतिदिन बढीरहेको छ ।
shyam bahadur thapa
June 30, 2023, 8:36 p.m.Namaskar sir.hamilai pani ekjanale france pathaidinxu vaner bank bat lone nikalna pathayer ma ra mero sathi bat lakhau khayer aile samparkma xaina usko name raju ranabhat ghar paila divyapuri 1 nawalprasi ho aile bhairuwatir basxa hamro ta ghar bar bankle khaidini vayo hamilai pani sahyog chaiyeko xa.