रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
नेपालीमा चाडबाड नजिकिँदै छ । पहिले पहिले चाडबाड आउँदा गाउँ जानेहरूको लर्को हुन्थ्यो । तर अहिले त गाउँ छाड्नेहरूको सङ्ख्या ठुलो छ ।
गाउँघर सुनसान छ । भिडभाड त देश छाड्नेहरूको छ विमानस्थलमा ।
हुन त आफू पनि परदेशमै छु । तर देश दिनदिनै रित्तिएको देख्दा मन भारी भएर आउँछ । खै हाम्रो देशले काँचुली कहिले फेर्ला ?
परदेसिएकाहरु कहिले आफ्नो देश फर्केलान् र डाँडामाथिका घाम जुन भएका बाउआमाले आफ्नो सन्तानको काख कहिले पाउलान् ।
हामी परदेशी देश फर्किने दिन कुरिरहेका छौँ । हरेक वर्ष नेपालमा चाडबाड आउँदा पीडा परदेशमा हुन्छ ।
गाउँघरको सम्झनामा पलपल तड्पिएर बाँच्न पर्छ । आफ्नो परिवारसँगै रमाएको, दसैँ आयो भन्दै एक महिना अघिदेखि खुसीले फुरुङ्ग भएको । अब त कहिले आउलान् ती दिनहरु ।
चाडबाड कस्तो हुन्छ भन्ने कुरा पनि कथा जस्तै भइसक्यो । घरमा अरूको निधार रातो टीका र जमराले भरिँदा यहाँ परदेशमा पसिनाले अनुहार भिजेको हुन्छ ।
उता घरमा पनि चाडबाड उस्तै खल्लो भएको निकै वर्ष भइसक्यो । यो पीडा त कसले देख्ने र । देख्नेले त पैसा कमाएको देख्छन् ।
एक जोर लुगा सुकिलो लगाएको देख्छन् । फेसबुकमा पोस्टिएको समुद्री किनारका लोभलाग्दो तस्बिर देख्छन् ।
तर यो मनको व्यथा उनीहरूलाई के थाहा । त्यसैले पनि परदेशीलाई त चाडबाड नआएकै जातिजस्तो लाग्छ ।