टेस्लाले २०२५ सम्ममा मानिसले जसरी नै काम गर्ने रोबोट बेच्न शुरु गर्न सक्ने

 बैशाख १२, २०८१ बुधबार १८:२५:१६ | एजेन्सी
unn.prixa.net

विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले अर्काे वर्ष २०२५ को अन्त्यसम्ममा मानिसले जसरी काम गर्नसक्ने ‘ह्युमोनोइड रोबोट अप्टिमस’ बेच्नका लागि तयार हुनसक्ने जनाएको छ ।

एक सम्मेलनका क्रममा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ह्युमोनोइड रोबोटले मानिसले जस्तै गरी काम गर्नसक्ने दाबी गर्नुभयो । रोबोटको प्रयोग वेयरहाउजिङ, लजिस्टिक, रिटेल र निर्माणको क्षेत्रमा प्रयोग गरिने मस्कलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

जापानको होन्डा र हुन्डाई मोटर्सको बोस्टोन डायनामिक्सले पनि लामो समयदेखि यस्तो रोबोट विकास गरिरहेका छन् । यसै वर्ष माइक्रोसफ्ट र एनभिडियाको समर्थित स्टार्टअप फिगरले जर्मन अटो निर्माता कम्पनी बीएमडब्ल्यूसँग ह्युमोनोइड रोबोट निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका खबरमा उल्लेख छ ।

टेस्लाको रोबोटको मूल्य र विशेषताबारे अहिले जानकारी उपलब्ध भइसकेको छैन । अर्बपति एलन मस्कले रोबोट बिक्री टेस्लाको अन्य क्षेत्रभन्दा ठूलो हिस्सा बन्नसक्ने यसअघि नै बताइसक्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया