इंग्लिस प्रिमियर लिग फुटबल : आज पाँच वटा खेल हुँदै

 बैशाख २२, २०८१ शनिबार १२:३६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका सवा ५ बजे शीर्ष स्थानको आर्सनल र दशौँ स्थानको बर्नमाउथ खेल्दैछन् । लिगमा आर्सनल ३५ खेलमा ८० अङ्कका साथ शीर्ष स्थानमा छ ।

त्यस्तै बेलुका पौने ८ बजे ब्रेन्टफोर्ड र फुलहम, बर्नली र न्यूक्यासल तथा सेफिल्ड यूनाइटेड र नटिङघम फरेस्टबीच खेल हुनेछ । राति सवा १० बजे दोस्रो स्थानको म्यानचेस्टर सिटी र एघारौँ स्थानको उल्भ्सबीच खेल हुनेछ ।

सिटी ३४ खेलमा ७९ अङ्कका साथ दोस्रो स्थानमा छ । उसले शीर्ष स्थानको आर्सनलभन्दा एक खेल कम खेलेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया