वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम टी–२० खेलमा नेपाल टस हारेर बलिङमा

 बैशाख २२, २०८१ शनिबार १२:२४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डौ – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचकाे पाँचौँ  तथा अन्तिम टी–२० खेलमा नेपालले टस हारेको छ । कीर्तिपुर मैदानमा भइरहेकाे खेलमा  वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ थालेकाे छ  । अहिले नेपालले बलिङ गरिहेकाे छ  ।

पाँच खेलको श्रृङ्खला यसअघि नै वेस्ट इन्डिज ‘ए’ ३–१ ले जितिसकेको छ । अस्ति भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको थियो । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । त्यसपछि दोस्रो खेलमा नेपाल १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भयो ।

यो श्रृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । टोलीको हिजो बिदाइ गरिएको छ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृङ्खला खेलेको हो । अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा हुने टी–२० विश्वकपका लागि राष्ट्रिय टोली दुई चरणमा भोलि फ्लोरिडा जाने तालिका छ ।

टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया