प्रचण्डलाई प्रधानमन्त्रीको फोन : ‘सीता जीलाई कस्तो छ, ख्याल गर्नुहोला’

 पुष १५, २०७७ बुधबार २०:१०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

अस्वस्थ भएपछि सीता दाहालको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । साँझ प्रधानमन्त्रीले प्रचण्डलाई फोन गरेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र उहाँको ख्याल गर्न आग्रह गर्नुभएको नेता सुभासचन्द्र नेम्वाङले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले सीता दाहालको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । यसैबीच प्रधानमन्त्री ओलीको तर्फबाट ओली समूहका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङले अस्तापल पुगेर प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

‘हामी प्रधानमन्त्रीको तर्फबाट र व्यक्तिगत तर्फबाट अस्पताल पुगेर सीता जीको स्वास्थ्य अवस्थाबारे जानकारी लियौँ, प्रचण्ड जी भर्खरै निस्कनुभएको रहेछ, छोरी गंगालाई भेटेर स्वास्थ्यबारे जानकारी लियौँ’, नेम्वाङले उज्यालोसँग भन्नुभयो ।

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया