Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

456 Desh Paradesh 2021-03-23

कार्यक्रम देश परदेशको ४५६ औं अंक पूर्व प्रस्थान अभिमुखिकरण तालिमको सेरोफेरोमा केन्द्रित छ । कार्यक्रममा पूर्व प्रस्थान अभिमुखिकरण तालिम के हो र वैदेशिक रोजगारीमा जानु अघि यो तालिम लिन किन आवश्यक छ त भन्ने विषयमा प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका सोम लामिछानेसँगको कुराकानी सुन्न सकिन्छ । परिमार्जित पूर्वप्रस्थान अभिमुखिकरण तालिमले के कस्ता कुरा समेटेको छ र यसको प्रभावकारी कार्यान्वयन गर्न वैदेशिक रोजगार बोर्डका योजना के छन् ? यो प्रश्नको उत्तर बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले दिनुभएको छ । अनि, पूर्व प्रस्थान अभिमुखिकरण तालिमलाई प्रभावकारी बनाउन सरोकारवालाहरुको भूमिका के हुनपर्छ त ? इक्वीडेम रिर्सचका दक्षिण एसिया निर्देशक रामेश्वर नेपालको विचार पनि कार्यक्रममा समावेश छ । साथमा छ तपाईँको प्रश्न र हामीले खोजेका उत्तर र हप्ताभरीका रोजगार गतिविधि पनि ।