Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६४२

 वैदेशिक रोजगारीले नेपाली नागरिकलाई रोजगारीको अवसर दिएको छ र देशभित्र उपयुक्त रोजगारी पाउन नसक्नेहरूलाई विकल्प प्रदान गरेको छ । धेरै नेपाली कामदारहरूले विदेशमा काम गर्दा बहुमूल्य सीप र अनुभव पाइरहेका छन् । यसले देशको मानव पूँजी र विकासमा योगदान पु¥याइरहेको छ । धेरै घरपरिवारमा गरिबी कम गर्न मद्दत पुगेको छ । शिक्षा, स्वास्थ्य सेवा र अन्य आवश्यक सेवाहरूमा राम्रो पहुँच प्रदान गरेको छ । वैदेशिक रोजगारीले देशको विदेशी मुद्रा सञ्चितीलाई बलियो बनाएको छ, जुन समग्र आर्थिक स्थायित्वका लागि लाभदायक विषय हो । तर, यसका लागि बैदेशिक रोजगारीबारे बुझ्नुपर्ने विषयहरुमा ख्याल गर्न भने आवश्यक छ । त्यसैले पनि बैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुराहरु बुझ्न आवश्यक छ । कार्यक्रमको शुरुमा हामी बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन प्रवासी नेपाली समन्वय समितिले गरिरहेको कामबारे कुराकानी गछौं । यसका लागि हामीले प्रवासी नेपली समन्वय समितिका कार्यक्रम संयोजक अविमान सिंह लामासँग कुराकानी गरेका छौं । त्यसैगरी बैदेशिक रोजगारीका क्रममा महिलाले भोगिरहेका समस्या र चुनौतीबारे पैरवी नेपालकी सुमना रानासँगको कुराकानी जोड्छौं । अनि कार्यक्रम सुनेर सामाजिक सुरक्षा कोषबारे तपाईंले राख्नुभएको जिज्ञासाको जवाफ पनि हामीसँग छ । तपाईंको जिज्ञासाको जवाफ सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालले समाधान गर्नुभएको छ ।