Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देशपरदेशको ५४७औँ अंक

कार्यक्रम देश परदेशको अंक ५४७ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको श्रम आप्रवासन प्रतिवेदन २०२२ ले देखाएको अवस्था र अबको बाटोमा केन्द्रित छ । कार्यक्रममा नेपालमा श्रम आप्रवासनको अवस्था कस्तो छ रु नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ को विश्लेषण के छ त रु भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी कविराज उप्रेतीले दिनुभएको जानकारी कार्यक्रममा सुन्न सकिन्छ । नेपालको श्रम आप्रवासनमा देखिएका चुनौती र समस्यालाई समाधान गर्न सरकारले अब कस्तो कदम चाल्नुपर्छ रु श्रम, आप्रवासन प्रतिवेदन २०२२ ले औँल्याएको उपायहरूलाई सरकारले कसरी आत्मसात् गर्छ त भनेर श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालसित गरिएको कुराकानी सुन्न सकिन्छ ।

साथै, प्रतिवेदनले देखाएको बाटोमा अब सरकारले चाल्नु पर्ने कदमबारे श्रम आप्रवासन विज्ञका सुझावका साथै साउदीमा ३ वर्ष काम गरेर फर्कनुभएकी पुष्पा थापा मगरको अनुभव पनि कार्यक्रममा समावेश छ ।