एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बाग्मती युथ क्लबलाई हरायो
असोज ३, २०८१ बिहिबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कार्यक्रम देश परदेशको अङ्क ५९५
विदेशमा नेपालीले कमाएको रकम अर्थात रेमिट््यान्सले नेपाली अर्थतन्त्रको झण्डै एक तिहाई हिस्सा ओगटेको छ । परदेशमा पसिना बगाएर देशमा पैसा पठाउने परदेशीलाई गाह्रोसाह्रो पर्दा सरकारले के कसरी सम्झने गरेको छ र दुखले परदेशमा कमाएको रकमको सही उपयोग कसरी गर्ने भन्ने बिषयमा वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी टिकाराम ढकालसँग गरिएको कुराकानी सुन्न सकिन्छ । साथै, रेमिट्यान्स सदुपयोग गरेर के कस्ता फाइदा लिन सकिन्छ ? र रेमिट्यान्सको सदुपयोगका लागि सरकारले बनाउने नीति, ऐन र नियमहरुबारे नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टसँगको कुराकानी पनि समावेश छ ।