ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
देशभित्र माग अनुसारको रोजगारी सिर्जना हुन नसक्दा बेरोजगारको संख्या बढेको बढ्यै छ । बर्सेनि पाँच लाखभन्दा बढी जनशक्ति श्रमबजारमा प्रवेश गर्छन् र रोजगारीको अवसर खोज्छन् । तर सरकारी तथा निजी कुनै पनि क्षेत्रबाट त्यसको एक चौथाइलाई पनि रोजगारी दिनसक्ने क्षमता छैन । जसको कारण बेरोजगारीको अवस्था झन्झन् कहालीलाग्दो बन्दैछ । देशभित्र काम नपाएर धेरै युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । दैनिक २ हजारभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन् । त्यसो त नेपालमा रोजगारीको अवसर नै नभएको चाहिँ होइन । कतिपय उद्योगले दक्ष कर्मचारी नपाएर बाहिरबाट महंगो जनशक्ति लिने गरेका छन् । श्रम बजारमा आवश्यक सीप, तालिम तथा रोजगारीका अवसरको जानकारी नहुँदा पनि काम खोज्दै देशभित्र र बाहिर भौंतारिइरहेको अवस्था छ । यसैसँग सम्बन्धीत तपाईंका जिज्ञासा र प्रश्न आज हामी कार्यक्रममा समावेश गरेका छौं । केहि दिनअघि उज्यालोको फेसबुक पेज facebook.com/ujyaalo मा प्रश्न सोधेका थियौं, तपाईं बैदेशिक रोजगारीमा जाँदा तालिम लिएर जानुभयो या नलिइकनै जानुभयो ? यदि तालिम लिएर जानुभएको हो भने आवश्यक किन लाग्यो ? यदि नलिइकनै जानुभएको हो भने किन तालिम लिनुभएन ? सोधेका थियौं । यो प्रश्नमा तपाईंले राख्नुभएको जिज्ञासाको जवाफ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानकी निर्देशक बिन्दा आचार्यले दिनुभएको छ ।