Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेश अंक ६३१

बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन अहिले सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यसका लागि प्रदेश देखि स्थानिय निकायसँगको समन्यवयमा कामहरु भइरहेका छन् । सुरक्षित बैदेशिक रोजगारीबारे जानकारी दिनका लागि विभिन्न माध्यमहरु प्रयोग भइरहेका पनि छन् । तर, पनि बैदेशिक रोजगारीमा जानेहरु ठगीने क्रममा रोक लागेको छैन । यसलाई थप शशक्त बनाउन आवश्यक देखिन्छ । यसका लागि के कस्ता कार्यहरु हुनुपर्छ ? बैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउन सकिन्छ त ? कार्यक्रम देश परदेशको अंक ६३१ यहि विषयमा केन्द्रित छ । यो अंकमा हामीले तपाईंको जिज्ञासाको जवाफ जोडेका छौं । यसका लागि हामीले बैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालसँग कुराकानी गरेका छौं ।