Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६३६

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाको पुनस्र्थापना गर्ने योजनासहित निर्देशिका पनि जारी गरेको छ । तर, प्रतिवर्ष बिदेसिने युवाको संख्या भने बढ्दै गएको छ । तसर्थ, नेपाली युवालाई देशभित्रै रोक्न र रेमिट्यान्सको उचित प्रयोगका लागि नेपाल सरकारले बनाएको नितिलाई कार्यान्वयन गर्न आवश्यक देखिन्छ । त्यसैले कार्यक्रम देश परदेशको अंक ६३६ हामीले बैदेशिक रोजगारीका विभिन्न पाटा केलाएका छौं । कार्यक्रमको शुरुमा हामी आजको कार्यक्रम देश परदेशमा हामी वैदेशिक रोजगारीमा रहेका नेपालीको अवस्था र बैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन सरकारको पहलबारे कुराकानी गरेका छौं । यसका लागि हामीले नेपाल टे«ड युनियन महासंघ, जिफन्टको बागमती प्रदेशका अध्यक्ष रामहरि नेपालसँग कुराकानी गरेका छौं । त्यसैगरी कार्यक्रमको अर्को सामग्रीमा हामीले प्रवासी नेपालीका समस्या र यसको समाधानका लागि भइरहेका पहलबारे प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) का सल्लाहकार कुलप्रसाद कार्कीसँगको कुराकानी समावेश छ । अनि आफ्ना आमाबुवा बैदेशिक रोजगारीमा रहेका बेला छोराछोरीलाई परिरहेको मानसिक प्रभावबारे हामीलाई मनोपरामर्शदाता रामकुमार थापाले बताउनुहुन्छ ।