Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६४०

तथ्यांकअनुसार नेपालमा बेरोजगारी दर ११।४ प्रतिशत छ । रोजगारीमा रहेको जनसंख्यामध्ये ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा छन् । रोजगारीमा रहेका पुरुषमध्ये सहरमा ६८ प्रतिशत र ग्रामीण क्षेत्रमा ३२ प्रतिशत छन् । रोजगारीमा रहेका महिलामा ७० प्रतिशत सहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको तथ्यांकले देखाउँछ । शिक्षित र अशिक्षित बेरोजगारको संख्या देशमा ठूलो छ । यसले व्यक्तिको जीवन मात्र होइन, देशको अर्थतन्त्रलाई समेत प्रभावित पारेको छ । यसले व्यक्तिको जीवन मात्र होइन, देशको अर्थतन्त्रलाई समेत प्रभावित पारेको छ । कार्यक्रम देश परदेशमा हामीले सधैं सुरक्षित बैदेशिक रोजगारी र यसका पाटाहरु केलाएका छौं । यसै सन्दर्भमा आज हामी वित्तीय साक्षारता र जीवन बिमाबारे कुराकानी गरेका छौं । यसमा पनि हामीले बचतको बानीलाई प्राथमिकता दिएका छौं । कार्यक्रममा हामीले हामी जीवन बिमा र यसका फाइदाबारे  राष्ट्रिय बीमा प्राधीकरणका उप निर्देशक निर्मल अधिकारीसँग कुराकानी गरेका छौं । उहाँले हामीलाई बैदेशिक रोजगारी, बचतको बानी र यसको फाइदाबारे बताउनुभएको छ । साथै कार्यक्रममा हामीले डिप्रोक्स नेपालका निर्देशक कैलाश रिजालसँग बित्तीय साक्षारता र बचतको बानीबारे गरिएको कुराकानी पनि समावेश गरेका छौं ।