ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कार्यक्रम देश परदेशको ३६९ औं अंक परदेशको दुःख भोगेपछि स्वदेशमै काम गरेर रमाइरहेका महिलाका सफलता र खुशीका कुरा प्रस्तुत गर्छौं । उदाहरणीय महिलाका कुरा सुन्न आज हामी पश्चिमको सुर्खेत र काठमाण्डौको कीर्तिपुर पुग्नेछौं । यूएईबाट फर्किएर कृषिमा रमाएका शर्मिला अधिकारी र नीरबहादुर राउत दम्पति यो वर्ष उद्यमी पुरस्कारबाट सम्मानित भए । उनै दम्पतीका विदेशको भोगाइ र स्वदेशको सफलताका कुरा सुन्न सकिन्छ । साउदी र ओमानमा अनेक हण्डर खेपेर घर फर्किएपछि स्वदेशमै व्यवसाय गरिरहेकी सुर्खेतकी राधादेवी पोख्रेलका संघर्ष र सफलताका कथा पनि आजको कार्यक्रममा समावेश छ । अनि, काठमाण्डौ र ललितपुरको सीमाना बाग्मती नदी किनारको सुन्दरी घाटमा चिया पसल गरेर विदेशमा रहेका श्रीमानलाई स्वदेश फर्काउने उर्मिला थापाको कुरा पनि कार्यक्रम सुन्न सकिन्छ । साथमा छन् तपाईँले राखेका जिज्ञासामा हामीले खोजेका उत्तरहरु । अनि, समसामयिक विषयबस्तु समेटिएको राउण्डअप र हप्ताभरीका वैदेशिक रोजगारी सम्बन्धि गतिविधि पनि सुन्न सकिन्छ ।