आईपीएल क्रिकेटमा आज राजस्थान र दिल्ली खेल्दै

 चैत १५, २०८० बिहिबार १२:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ -  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ ।  राजस्थानले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएको थियो भने दिल्ली, पञ्जाव किंग्ससँग पराजित भएको थियो ।

आईपीएल क्रिकेटमा गएराति सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई हराएको छ । विभिन्न कीर्तिमान बनेको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो । हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो । आईपीएल क्रिकेटमा यो अहिलेसम्मकै धेरै रन हो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया