च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – नेपालमा गाडी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् । हजारौँ व्यक्ति अङ्गभङ्ग तथा घाइते हुने गरेका छन् ।
गाडी दुर्घटनाबाट गएको पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले ज्यान गुमाएका छन् । २७ हजार सात सय २६ जना गम्भीर घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुर्घटनाका कारण एक हजार तीन सय तीन जनाले ज्यान गुमाएका छन् ।
प्रदेशगतरूपमा गाडी दुर्घटनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या सबैभन्दा धेरै मधेश प्रदेशमा छ । मधेशमा मात्र साउनदेखि माघ मसान्तसम्म दुई सय ९० जनाले ज्यान गुमाएका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । यस्तै लुम्बिनी प्रदेशमा दुई सय ६१, कोशी प्रदेशमा दुई सय १९, बाग्मती प्रदेशमा एक सय ७३, सुदूरपश्चिम प्रदेशमा एक सय चार, गण्डकी प्रदेशमा एक सय र कर्णाली प्रदेशमा ६० जनाले गाडी दुर्घटनाबाट ज्यान गुमाएका छन् ।
यसैबीच चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म गाडी दुर्घटनाबाट काठमाण्डाै उपत्यकामा मात्र एक सय १७ जनाले ज्यान गुमाएका काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।