जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – फ्राइडे रिलिजअन्तर्गत आज ३ चलचित्रहरु एकैसाथ प्रदर्शनमा आएका छन् । यस्तै दसैँको घटस्थापनाका दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले पनि ३८ औ दिनमा प्रदर्शन सुरु गरेको छ ।
नेपालका कतिपय हलहरुमा अझै पनि चलचित्र ‘छक्का पञ्जा ३’ ले राम्रो व्यापार गरिरहेको बताइएको छ । यता आजबाट प्रदर्शनमा आएका ३ चलचित्रहरु हुन् दैलो,गुनगुन र अनुग्रह । यसै गरी आजैबाट हिन्दी चलचित्र पिहु पनि प्रदर्शनमा आएको छ ।
नेपाली चलचित्र दैलोमा समाजमा हुने गरेका विभिन्न सामाजिक घटनाहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । त्यस चलचित्रमा अविभावकको सन्तानप्रतिको जिम्मेवारी, समाजमा कुरीतिका रुपमा रहेको दाइजो प्रथालगायतका कुराहरुलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ ।
जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको त्यस चलचित्रमा सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको छ । चलचित्रमा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयुक्त रुपमा उक्त चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकास चापागाई, दीपक डोटेल, मुना प्रसाईं लगायतको अभिनय रहेको छ ।
चलचित्र दैलोसँगै आजैबाट अलनेपाल प्रदर्शनमा आएको चलचित्र हो गुनगुन । चलचित्र गुनगुन पुकार भट्टराईको निर्देशनमा तयार पारिएको हो । चलचित्र क्षेत्रमा लामो समय बिताए पनि पुकारले चलचित्र गुनगुनबाट निर्देशनमा डेब्यू गरेका हुन् । चलचित्र गुनगुनमा नायिका सञ्चिता लुइँटेल, सुवास मेचे, नवीन श्रेष्ठ, रविनप्रताप सेन, देशभक्त खनाल, राधा दाहाललगायत निर्देशक भट्टराईको समेत मुख्य अभिनय देख्न सकिन्छ । चलचित्रमा हिमाल केसीको द्वन्द्व र सौरभ लामाको छायांकन रहेको छ । चलचित्रको सम्पादन अर्जुन जिसीले गरेका हुन् । चलचित्र प्राथना फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।
आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो अनुग्रह । अन्य २ चलचित्रको तुलनामा चलचित्र अनुग्रहको प्रचारप्रसार केही कम भएको देखिन्छ । ‘अनुग्रह’सामाजिक कथा बोकेको पारिवारिक चलचित्र हो । चलचित्रको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ । निर्देशक कुमार केसी निर्देशित चलचित्रमा तन्नेरी प्रेमकथा र परिवारको मायालाई समेटिएको छ ।
जोनिका सेन्चुरीको प्रस्तुतिमा सन्तोष खबासले निर्माण गरेको चलचित्रमा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको अभिनय रहेको छ । राजु दोङ्ग, ज्ञानेद्र गिरि र ड्रोकास विश्वास चलचित्रको सह–निर्माता हुन् । चलचित्रमा विक्रम डीसीको छायांकन, तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत रहेको छ । चलचित्र लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसको ब्यानरमा निर्माण भएको हो ।
आजैदेखि बलिउड चलचित्र पिहु पनि प्रदर्शनमा आएको छ । विनोद कापडीको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा २ वर्षकी बालिका मायरा विश्वकर्मा मुख्य भूमिकामा छन् । यो चलचित्रलाई विनोदले सत्य घटनामा आधारित रहेर निर्माण गरेका हुन् ।
चलचित्रमा २ वर्षकी बालिका अर्थात पिहुले घरभित्रै फन्दामा परेपछि भोगेका कुराहरुलाई समेटिएको छ । समस्यामा परेकी २ वर्षकी बालिकाको आँट यो चलचित्रमा देखाइएको छ । यस चलचित्रमा मायारासँगै प्रेरणा शर्मा मुख्य भूमिकामा छन् ।
– उज्यालो र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।