भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – फागुनको मध्यमा भएको वर्षाले घटाएको वायु प्रदूषण फेरि बढेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो शहर र तराई क्षेत्रमा वायु प्रदूषण बढेको हो ।
आज दिउँसो काठमाण्डौ विश्वकै दोस्रो वायु प्रदूषित शहर बनेको छ । उच्च वायु प्रदूषण भएका विश्वका ठूला शहरको सूचीमा भियतनामको हानोई शहरपछि नेपालको काठमाण्डौ रहेको विश्वभर वायु प्रदूषणको अनुगमन गर्दै आएको संस्था आईक्यू एअरले जनाएको छ । दिउँसो काठमाण्डौमा हावाको प्रदूषण मापन सूचक एक्यूआई १९० भन्दा माथि पुगेको छ ।
एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ । दिउँसो काठमाण्डौ उपत्यकामा रहेका सबैजसो मापन केन्द्रहरूले एक्यूआई १५० भन्दा माथि देखाएका छन् ।
काठमाण्डौ उपत्यकाबाहिर पनि धेरै शहरहरूमा वायु प्रदूषण उच्च रहेकाे वातावरण विभागको तथ्याङ्कले देखाएको छ । धनगढी, अछाम, सुर्खेत, दाङ, पोखरालगायतका ठाउँमा रहेका मापन केन्द्रहरूमा पनि एक्यूआई १५० भन्दा माथि छ ।
वायु प्रदूषण उच्च हुँदा श्वासप्रश्वासजन्य समस्यासहित आँखा, मुटुलगायतमा समस्या पर्ने भएकाले सावधानी अपनाउन डाक्टरहरूले सुझाव दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।