भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
रुससँगको युद्धविरामका लागि युक्रेन अघि बढ्न तयार रहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार युक्रेनी नेतृत्व रुससँग युद्धविरामका लागि अमेरिकी मागमा अगाडि बढ्न तयार रहेको ट्रम्प प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अमेरिकी विदेशमन्त्री मार्काे रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज आफ्ना युक्रेनी अधिकारीहरूसँग वार्ता गर्न भोलि साउदी अरेबिया पुग्ने खबरमा उल्लेख छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन ‘रचनात्मक वार्ताका लागि पूर्णरूपमा प्रतिबद्ध’ रहेको तर आफ्नो हितलाई ‘सही तरिकामा ध्यानमा राख्न’ चाहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँगको युद्धविरामको मागलाई स्वीकार गर्न निरन्तर दबाव दिइरहनुभएको छ । तर ट्रम्पले युक्रेनलाई अमेरिकी सुरक्षा ग्यारेन्टीको तत्काल कुनै वाचा भने गर्नुभएको छैन ।
१० दिनअघि ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की भएको थियो । ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नभएका दाबी गर्नुभएको थियो ।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो र युद्ध अझै चलिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।