दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार

 कात्तिक ३०, २०७५ शुक्रबार १६:४५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ अमुवामा दुई समूहबीचको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकास वलीमाथि खुकुरी प्रहार भएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका प्रहरी जवान वलीको टाउकोमा १० वटा टाँका लगाउनुपरेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

इप्रका खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीका अनुसार त्यो घटनामा स्थानीय थप दुई जनामाथि पनि चोट लागेको छ ।
स्थानीय विशाल रोका र नैनबहादुर नेपालीको टाउकोमा सामान्य चोट लागेको हो । त्यसै ठाउँका विशाल रोका र चन्द्रप्रकास नेपालीको समूहबीच आपसी विवादमा झडप भएको थियो ।

प्रहरीले खुकुरी प्रहार गरेको आरोपमा शान्तिनगर गाउँपालिका २ अमुवाका २५ वर्षका चन्द्रबहादुर नेपाली, २० वर्षका नैनसिङ नेपाली, २२ वर्षका सुकलाल नेपाली र १६ वर्षका वीरबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

विवदा भएको सूचनाको आधारमा आफूहरु घटनास्थल पुगेर विवदालाई साम्य पार्ने क्रममा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया