आईएफसीले नेपालमा ९० अर्ब लगानी गर्ने

 कात्तिक ३०, २०७५ शुक्रबार १८:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा झण्डै ९० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । 

आईएफसीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा निजी क्षेत्रमार्फत् झण्डै ९० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको हो । आईएफसीकी नेपाल, भारत र भुटान निर्देशक वेन्डी वेर्नरले त्यो लगानी नेपालको पर्यटन, कृषि र पूर्वाधार तथा प्रविधिको विकासमा लगाउने पनि स्पष्ट पार्नुभयो । 

आईएफसीको त्यो लगानी नेपालको दिगो विकासका लागि खर्च गरिनेछ । निर्देशक वेन्डीले नेपालमा स्थिर सरकार निर्माण भएकाले लगानीको वातावरण बन्दै गैरहेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीका लागि उचित वातावरण बनिरहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न दाताहरुलाई आग्रह गर्नु भएको थियो । उहाँले लगानीका लागि उचित वातावरण बनाउन नेपाल सरकारले पूर्वाधार विकासमा जोड दिएको पनि बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले मुलुकको दिगो आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयारी रहेको पनि बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया