मंसिर १ गतेदेखि नेपालगञ्जमा ‘नो हर्न’

 कात्तिक ३०, २०७५ शुक्रबार १८:२१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपालगञ्जलाई हर्न निषेधित शहर बनाउने तयारी गरिएको छ ।

बढ्दो सवारी चापका कारण ध्वनी प्रदुषण बढेपछि नेपालगञ्जलाई ‘नो हर्न’ क्षेत्र बनाउन लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले शनिबार मंसिर १ गतेदेखि नेपालगञ्जलाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिनुभयो ।

शनिबार बिहान १० बजेदेखि जमुनाह नाकाबाट हर्न निषेधित क्षेत्रको औपचारीक सुरुवात गरिने छ । हर्न निषेधित क्षेत्र कायम भएसँगै मंसिर महिनाभर चालक, परिचालकलगायत सम्बन्धित व्यक्तिहरुलाई हर्न निषेधका विषयमा कार्यक्रम गरेर सचेत गरिने प्रहरी निरीक्षक रोकायले बताउनुभयो ।

‘नो हर्न’ शहर बनाउनका लागि सरोकारवाला निकायबीच छलफल भएको छ । ‘पहिलो चरणमा एक महिनासम्म सम्बन्धित व्यक्तिलाई सचेत गर्ने कार्यक्रम गर्दैछौं’, प्रहरी निरीक्षक रोकायले भन्नुभयो, ‘पुसदेखि हर्न बजाउनेलाई कानुन अनुसार कारबाही गरिनेछ ।’

सचेतनामुलक कार्यक्रम अन्तर्गत नेपालगञ्ज प्रवेश गर्ने नाकाहरुमा होर्डिङ्ग बोर्ड राख्ने, यातायात समिति, व्यवसायीलगायत सरकारी निकाय सबैसँग छलफल गर्ने र नगरलाई हर्न निषेधित बनाउन अन्य कार्यक्रमहरु पनि सञ्चालन गरिने प्रहरी निरीक्षक रोकायले बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया