भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडाैं - सानिमा लाइफ इन्स्याेरेन्सले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुलाई लक्षित गरी नवीनतम सानिमा दम्पती ९सावधिक० जीवन बीमा योजना ल्याएको छ ।
यस योजनामा एउटै बीमा लेखमा श्रीमान तथा श्रीमतीले जीवन बीमा पाउन सक्छन् ।
कम्पनीले आर्जन गरेको मुनाफामा सरिक भई आर्थिक सुरक्षा तथा बचत गर्न पाइने हुँदा जीवन बीमाको क्षेत्रमा उत्तम योजना सावित हुने बैंकले विश्वास गरेको छ । यसका लागि न्यूनतम बीमाङ्क ५०,००० रुपैयाँ हुनुपर्नेछ भने अधिकतमका लागि कुनै सीमा छैन ।
बीमाका लागि कम्तीमा २१ वर्ष पुगेको र ५० वर्ष ननाघेको हुनुपर्नेछ । साथै बीमा घटीम १५ वर्ष र बढीमा ३०वर्ष अवधिको हुने साथै बीमा समाप्त हुनेबेलाको उमेर हद बढीमा ७० वर्ष तोकिएको छ ।
योजना अन्तर्गतको अन्य शर्त एवं सुविधाहरु यस्ता छन् :
- बीमा समाप्ति मितिमा दुवै वा कुनै एक दम्पती जीवित रहेमा बीमाङ्क र पूरा अवधिको बोनस एक मुष्ट
प्रदान गरिने छ ।
- बीमा अवधिभित्र बीमालेख चालु रहेको अवस्थामा बीमित दम्पतीमध्ये कुनै एकको मृत्यु भएमा बीमाङ्क र रकम भुक्तानी गरिनेछ ।
- बीमालेख चालु रहेको अवस्थामा वीमित दम्पतीमध्ये बाँकी जीवित बीमितको मृत्यु भएमा बीमाङ्क समानुपातिक आर्जित बोनस एकमुष्ट भुक्तानी गरिनेछ ।
यस योजना अन्र्तगत जीवन बीमा गरी न्यूनतम २ वर्षको बीमा शुल्क भुक्तानी पछि बीमालेख चुक्ता बीमालेखको लागि योग्य हुनेछ । त्यस्तो बीमालेखबाट बीमितले चाहेमा समर्पण मूल्य प्राप्त गर्न सकिने छ ।
बीमा समितिबाट स्वीकृति विधि प्रयोग गरी वैज्ञानिक तरिकाले समर्पण मूल्य निर्धारण गरिने छ र बीमालेखको धितोमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ ।
बीमितले यस योजनामा थप बीमा शुल्क तिरी पूरक करारको रुपमा दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग/अशक्त सुविधा लिन सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।