सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाकै परिचय खुल्यो

 बैशाख ७, २०८१ शुक्रबार १२:८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाकै परिचय खुलेको छ ।

ज्यान गुमाउनेमा दोलखाको भीमेश्वर नगरपालिका–१ का १७ वर्षका शिव श्रेष्ठ, ७० वर्षका मानबहादुर थामी र १९ वर्षका दीपेन्द्र थामी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

दुर्घटनामा बेहुलासहित ५२ जना घाइते भएका छन् । बा ४ ख ५६१६ नम्बरको जन्ती बस बिहान साढे ७ बजे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–५ पिस्कर धारावतीमा दुर्घटना भएको हो । घाइतेमध्ये गम्भीर घाइते भएका चालकसहित सात जनाको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया