सुदूरपश्चिम रोयल्यका मेन्टर ब्राड हज नेपालमा

 मंसिर १०, २०८१ सोमबार १८:११:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन् ।

हजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गर्नुभएको छ । खेलाडीको भूमिकामा विश्व विजेता अस्ट्रेलियाबाट खेलेका उनीसँग विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीका रूपमा राष्ट्रिय क्रिकेट टोलीका कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् भने मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

सुदूरपश्चिमले विदेशी खेलाडीका रूपमा स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इङ्गल्यान्डका सेफ अली जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र यूएईका रोहन मुस्तफालाई अनुबन्ध गरेकाे छ ।

यस्तै आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, ईशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठलाई अक्शनमार्फत टिममा भित्र्याएको थियो ।

आउँदो शनिवार मङ्सिर १५ गतेदेखि शुरू हुने पहिलाे संस्करणकाे एनपीएलमा आठ वटा टाेली सहभागी छन् । एनपीएलमा विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।

 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया