गण्डकी प्रदेश  : हरिबहादुर चुमानलाई आर्थिक मामिला र दीपक मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

 बैशाख ८, २०८१ शनिबार १८:४३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ अर्थात् दीपक मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री अधिकारीले मन्त्रीको जिम्मेवारी बाँडफाँट गर्नुभएको हो ।

दीपक मनाङेलाई यसअघिकै मन्त्रीमा निरन्तरता दिइएको हो । सभामुख कृष्णप्रसाद धिताललाईसमेत हस्ताक्षरमा दाबी पेस गरेपछि चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँले २५ गते नै ३ सदस्यीय मनित्रपरिषद् गठन गरे पनि जिम्मेवारी तोक्नुभएको थिएन ।

चुमान र मनाङेलाई बिनाविभागीय मन्त्री बनाएका अधिकारीले ७ गते विश्वासको मत लिने गरी संसद अधिवेशन आह्वान गर्नुभको भए पनि अधिवेशन शुरु गरेर अनिश्चितकालका लागि स्थगित गरिएको छ । सभामुखलाईसमेत प्रयोग गरेर मुख्यमन्त्री नियुक्त हुन गैरसंवैधानिक भन्दै कांग्रेसले दर्ता गरेको रीटमा सर्वोच्च अदालतले पर्सि सोमवारका लागि पेशी तोकेको छ ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया