सर्लाहीको बलरामा बिहे घरमा आगलागी हुँदा दुई जना घाइते

 बैशाख १२, २०८१ बुधबार १२:१२:३७ | रासस
unn.prixa.net

सर्लाही – सर्लाहीको बलरा नगरपालिका मिर्जापुरको एउटा घरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । बलरा–६ मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा बिजुलीको तार सर्ट भएर गए राति आगलागी भएको हो ।

आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा छ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतो र स्थानीय राज मङ्गल घाइते हुनुभएको छ ।

यसैबीच कविलासी नगरपालिका–२ पिपरियामा भएको आगलागीबाट स्थानीयवासीको ८० हजार रुपैयाँ बराबरको परालको कुन्यू नष्ट भएको छ । आगलागीबाट वारिस शेख, हृदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यू जलेको हो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया