विकृतिपूर्ण चलन हटाउन नेपाली सेनाको अभियान

 मंसिर २, २०७५ आइतबार ११:८:४५ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाली सेनाले नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतीपूर्ण चलन हटाउन अभियान नै सुरु गरेको छ । आफू मातहतका सबै संरचनामा भनसुन र उपहार लिने दिने चलन तुरुन्त हटाउन निर्देशन दिँदै आचरणमा सुधार ल्याउने अभियान सुरु गरिएको सैनिक मुख्यालयले जनाएको छ । 

सेनाले सैनिक आचरणमा सुधार ल्याउन संस्थाको अपेक्षा र मेरो जिम्मेवारी विषयमा नेतृत्व संवाद गरी अभियान अघि बढाएको हो । आगामी चैतसम्म चरणबद्ध रुपमा उपहार लिने दिने, आर्थिक अनियमितता र भनसुनविरुद्ध सचेतना कार्यक्रम चलाइने नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । 

कार्यक्रम शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनभित्रका प्रत्येक तहका नेतृत्वले प्रस्तुत गर्ने विधि, व्यवहार र भूमिकाले राष्ट्रिय सुरक्षालाई बलियो बनाउन सहयोग गर्ने बताउनुभयो । प्रधानसेनापती नियुक्त भएपछि थापाले उच्च पदका सैनिक अधिकारीका श्रीमतिलाई रानीसाहेब भन्नुपर्ने चलन अन्त्य गर्न निर्देशन दिनुभएको थियो । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया