आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा आइतबार विश्व सम्झना दिवस मनाइँदैछ ।
यो दिवस सन् १९९३ मा पहिलो पटक बेलायतमा मनाइएको थियो । संयुक्त राष्ट्रसंघले सन् २००५ मा हरेक नोभेम्बर महिनाको तेस्रो आइतबारलाई सडक दुर्घटना पीडितका लागि मनाउने निर्णय गरेपछि विश्वभरी दिवस मनाउन थालिएको हो ।
नेपालमा अहिले दैनिक ३० वटा दुर्घटना हुने र कम्तीमा ७ जनाले ज्यान गुमाउने गरेको तथ्यांक छ । नेपालमा गत वर्ष सडक दुर्घटनामा परेर २ हजार ५ सय ४१ जनाले ज्यान गुमाएका थिए ।
विश्वमा सडक दुर्घटनामा परेर बर्सेनि झण्डै १३ लाख जनाले ज्यान गुमाउने र ३ देखि ४ करोड मानिस घाइते हुने गरेका छन् ।